२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

सुनको मूल्य घट्यो

सुनको मूल्य घट्यो

2.1K
Shares

काठमाडौं – नेपाली बजारमा सुनको मूल्य आज पनि घटेको छ । हिजो सुनको मूल्य प्रतितोला एक लाख २ सयमा कारोबार भएकोमा आज तोलामा ९ सयले घटेको हो । सोमबार पनि सुनको मूल्य तोलामा ३ सयले घटेको थियो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको मूल्य तोलामा ९९ हजार ३ सय रुपैयाँ रहेको छ भने तेजावी सुनको मूल्य प्रतितोला ९८ हजार ८ सय रुपैयाँ पुगेको छ ।

त्यस्तै, आज चाँदीको मूल्य भने स्थिर रहेको छ । हिजो चाँदीको मूल्य प्रतितोला १३५० रुपैयाँमा कारोबार भएकोमा आज पनि सोहि मूल्य कायम भएको महासंघले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij