एजेन्सी – विश्वकै धनाड्य एलन मस्कले सोसल मिडिया कम्पनी ट्वीटर खरिद गरेका छन्। मस्कले ४४ बिलियन डलरमा ट्वीटर किनेका हुन्।
केही समय अगाडि ९ प्रतिशत सेयर किनेका मस्कले मंगलबार ट्वीटरको सबै सेयर किनेका हुन्। उनले ५४.२० डलर प्रति सेयरको दरले कम्पनी किनेको बताएका छन्।
फोर्ब्स पत्रिकाका अनुसार मस्क विश्वका सबैभन्दा धनी व्यक्ति हुन्। उनको अनुमानित सम्पत्ति २७३.६ अर्ब डलर छ। उनी विद्युतीय सवारीसाधन निर्माता टेस्ला कम्पनीको मुख्य सेयर धनी हुन् भने अन्तरिक्षसम्बन्धी कम्पनी स्पेसएक्सको पनि उनले नै नेतृत्व गर्छन्।
© 2026 All right reserved to arthanepal.com | Site By : Sobij