२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

राप्रपाबाट टोखा ४ को अध्यक्षमा सुदर्शन थापाले दिए उम्मेदवारी

राप्रपाबाट टोखा ४ को अध्यक्षमा सुदर्शन थापाले दिए उम्मेदवारी

4.9K
Shares

काठमाडौं– काठमाडौंको टोखा नगरपालिका वडा नम्बर ४ को वडा अध्यक्षमा राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) बाट समाजसेवी युवा नेता सुर्दशन थापाले उम्मेदवारी दर्ता गरेका छन् ।
स्थानिय तहमा लोकप्रिय रहेका थापा विभिन्न सामाजिक एंव धामिर्क कार्यमा सक्रिय रहेका छन् । वडा नम्बर ४ को समस्यालाई नजिकबाट देखेका थापा त्यो समस्याको समाधान गर्ने क्षमता भएको कारण वडा अध्यक्षमा उम्मेदवारी दिएको बताए । थापा भन्छन् –‘ हिजो अरुले कुरा गरे काम गरेनन् । म काम गर्छु, एक चोटी मौका दिन वडाबासीलाई आग्रह गर्छन् ।
उनले ‘समृद्ध समाजको निर्माणको लागि सबैको सहभागिता’ मुल नाराका साथ आफ्नो उम्मेदवारी दिएका छन् ।
विगतको ५ बर्षमा वडाको काम कारबाहीमा जनताले कुनै पनि किसिमको सुशासन र वडा हामिसंग छ भन्ने अनुभूति नभएको र वडाका पदाधिकारीहरूले कहिल्यै वडाबासिलाई अपनत्व हुने काम नगरेको हुँदा आफुले उम्मेदवारी दिएको थापाले स्पष्ट पारे ।
उनी सुकुनारायण श्रेष्ठ र नारायणभक्त माथेमा र महिला सदस्यमा कला शाहि ठकुरीसहितको युवा टिम लिएर चुनावी मैदानमा उत्रिएका छन् ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij