काठमाडौं – नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा आज मंगलबार सामान्य अंकले बढेको छ । आज नेप्से १३.३७ अंकले बढेर दुई हजार ३ सय ५७ दशमलब २४ विन्दुमा रोकिएको हो । सोमबार नेप्से ४१.७७ अंकले घटेर दुई हजार ३ सय ४३ दशमलब ८७ विन्दुमा बन्द भएको थियो ।
त्यस्तै, आज कारोबार रकममा भने गिरावट आएको छ । आज नेप्सेमा एक अर्ब ३२ करोड ६८ लाख रुपैयाँ बराबरको कारोबार भएको छ । सोमबार एक अर्ब ५३ करोड ६ लाख रुपैयाँ बराबरको कारोबार भएको थियो ।
आज कारोबार भएका ११ कम्पनीको शेयरमूल्य बढेको छ भने १८२ कम्पनीकोे शेयरमूल्य घटेको छ । यसमध्ये दुई कम्पनीको शेयरमूल्यमा भने उच्च वृद्धि भएको छ । आज नेष्डो समृद्ध लघुवित्त वित्तीय संस्थाको शेयरमूल्य १० प्रतिशतले बढेर प्रतिकित्ता ३०११.४० रुपैयाँ पुगेको छ भने ग्रीन भेञ्चर लिमिटेडको शेयरमूल्य पनि १० प्रतिशतले बढेर प्रतिकित्ता २९८.२० रुपैयाँ पुगेको छ ।
© 2026 All right reserved to arthanepal.com | Site By : Sobij