काठमाडौं – नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा साताको कारोबारको दोस्रो दिन आज सोमबार पनि दोहोरो अंकले घटेको छ । आज नेप्से ४१.७७ अंकले घटेर दुई हजार ३ सय ४३ दशमलब ८७ विन्दुमा रोकिएको हो । आइतबार नेप्से २९.६० अंकले घटेर दुई हजार ३ सय ८५ दशमलब ६४ विन्दुमा बन्द भएको थियो ।
त्यस्तै, आज कारोबार रकममा भने झिनो सुधार देखिएको छ । आज नेप्सेमा एक अर्ब ५३ करोड ६ लाख रुपैयाँ बराबरको कारोबार भएको छ । आइतबार एक अर्ब ४० करोड ६१ लाख रुपैयाँ बराबरको कारोबार भएको थियो । आज कारोबार भएका ११ कम्पनीको शेयरमूल्य बढेको छ भने १८२ कम्पनीकोे शेयरमूल्य घटेको छ । यसमध्ये एक कम्पनीको शेयरमूल्यमा भने उच्च वृद्धि भएको छ । आज नेष्डो समृद्धी लघुवित्त वित्तीय संस्थाको शेयरमूल्य १० प्रतिशतले बढेर प्रतिकित्ता २७३७.७० रुपैयाँ पुगेको छ ।
© 2026 All right reserved to arthanepal.com | Site By : Sobij