काठमाडौं – गृह मन्त्रालयले सशस्त्र प्रहरी बलका प्रहरी नायब महानिरीक्षक (डीआईजी) राजु अर्याललाई सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) मा बढुवा गर्न सिफारिस गरेको छ । एआईजी पुष्पराम केसीलाई सरकारले ३० चैतमा महानिरीक्षकमा बढुवा गरेको थियो । त्यसपछि रिक्त रहेको एउटा दरबन्दीमा एआईजी अर्याललाई बढुवा गर्न सिफारिस गरिएको हो । सो पदमा डीआईजीहरू नारायण दत्त पौडेल, चन्द्र प्रकाश गौतम र बंशिराज दाहालले आवेदन दिएको भएपनि अर्याल नै वरिष्ठताका आधारमा सिफारिस हुन् । योसँगै उनी भावी आईजीपी बन्ने निश्चित भएको छ ।

© 2026 All right reserved to arthanepal.com | Site By : Sobij