२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

पाटनमा सविता र सरिताको अर्किड फेसन स्टुडियो

पाटनमा सविता र सरिताको अर्किड फेसन स्टुडियो

2.9K
Shares

काठमाडौं – ललितपुरको पाटनमा अर्को फेसन बुटिक थपिएको छ । फेसन डिजाइनरद्वय सविता महर्जन र सरिताश्रेष्ठले पाटनमा अर्किड फेसन स्टुडियो सञ्चालनमाल्याएकाहुन् ।
उक्त फेसन स्टुडियोको शनिबार चर्चित कोरियोग्राफर तथाकलाकार पे्रशान्त ताम्राकार, बरिष्ठ ग्ल्यामर फोटो ग्राफर राजभाइ सुवाल र मोडल तथा कोरियोग्राफर विपना थापाले संयुक्त रुपमा उद्घाटन गरे ।
फेसन स्टुडियोको उद्घाटनपछि कोरियोग्राफर प्रशान्तले सहरमानयाँ बुटिक थपिएकामा खुसी व्यक्त गरे । ‘हामी फेसन क्षेत्रका व्यक्तिका लागि खुसीको कुरा हो’ उनले भने, ‘फेसन बजारमा यस्ता बुटिकहरु खोलिनुपर्छ ।’
उनले फेसन डिजाइनरद्वय सविता र सरितालाई बधाई दिँदै भने, ‘म उहाँलाई बधाई दिन चाहन्छु, आजदेखि पाटनमा नयाँ फेसन स्टुडियो थपिएको छ, जसले फेसन पारखीहरुको इच्छालाई पूरा गरोस् ।’ उनले नेपाली समाज फेसन कन्सस रहेको भन्दै डिजाइनरहरुको भविष्य उज्जल रहेको बताए ।
यस्तै, ग्ल्यामर फोटो ग्राफर राजभाइ सुवालले भने फेसन बजारमानयाँ बुटिक थपिएकामा खुसी व्यक्त गर्दै डिजाइनरद्वयलाई बधाई दिए । उनले भने, ‘म पनि सुरुमा फेसन डिजाइनर नै हुँ । त्यसपछि मात्रफोटोग्राफर भएको हुँ ।’ फोटोग्राफीपनि फेसनसँगै जाडिएको पेसा भएको भन्दै उनले भने, ‘हाम्रो लागि यस्ता बुटिकहरु थपिएको राम्रो । मउहाँहरुलाई बधाई तथाशुभकामनादिन चाहन्छु ।’
सविता र सरिताले आईआईएफटीबाट फेसन डिजाइनिङमा डिप्लो कोर्ष पूरा गरेकाहुन् । पाटनका स्थानीय सविता र सरिताले ‘अर्किड फेसन स्टुडियोलाई संयुक्तलगानी सञ्चालनमाल्याएकाहुन् ।

फेसन स्टुडियो उद्घाटन पछि उनीहरुले भने, ‘हामीले सँगै आईआईएफटीमा डिजानिङ सिकेकाहौँ । अहिले कोर्ष पूरा गरेपछि मिलेरै फेसन स्टुडियो सञ्चालनमा ल्याएका हौं ।’
सविताले भनिन्, ‘हामीग्राहकको अर्डरअनुसार पहिरन तयार गर्नेछौँ । अरु बुटिकमा जस्तो पहिरन उपलब्ध हुन्छ, फेसन स्टुडियोले पनित्यही सेवा उपलब्ध गर्नेछ ।’

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij