काठमाडौं – सरकारले गभर्नर महाप्रसाद अधिकारीलाई निलम्बन गरेको विरोधमा नेपाल राष्ट्र बैंकका कर्मचारी आन्दोलित भएका छन् । अधिकारीमाथिको कारबाहीको विरोधमा राष्ट्र बैंक कर्मचारी संघले आइतबार बालुवाटारस्थित केन्द्रीय कार्यालयमा कालो ब्यानर झुन्ड्याएको छ ।
राष्ट्र बैंकको कार्यालय लगायत उपत्यका बाहिरका सम्पूर्ण कार्यालयहरुमा एकैसाथ झुण्ड्याइएको कालो ब्यानरमा ‘केन्द्रीय बैंकको स्वत्तता माथिको नाङगो हस्तक्षेप बन्द गर’, ‘निराधार तथा कपोकल्पित आरोपमा गभर्नर माथी शुरु गरिएको कारबाही प्रक्रिया अबिलम्ब फिर्ता गर’, ‘संकटोन्मुख राष्ट्रिय अर्थतन्त्रको उद्धारका लागि तत्कालै विशेष नीति तर्जुमा गरी कार्यान्वयन गर’ भन्ने नाराहरु समावेश गरिएको छ ।
कर्मचारीहरूले राष्ट्र बैंकको स्वायत्ततामाथि नांगो हस्तक्षेप बन्द गर्नुपर्ने, गभर्नर अधिकारीमाथि सुरु गरिएको कारबाही प्रक्रिया अविलम्ब फिर्ता गर्नुपर्नेलगायत माग राखेका छन् ।
© 2026 All right reserved to arthanepal.com | Site By : Sobij