२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

युएसएडले दिने ७९ अर्ब ७१ करोड अनुदान लिने सरकारको निर्णय

युएसएडले दिने ७९ अर्ब ७१ करोड अनुदान लिने सरकारको निर्णय

2K
Shares

काठमाडौं– सरकारले युएसएआइडीबाट अनुदान सहयोग स्वीकार गर्ने निर्णय गरेको छ। गत चैत ३० को मन्त्रिपरिषद बैठकले युएसएआइडीबाट ७९ अर्ब ७१ करोड अनुदान स्वीकार गर्ने निर्णय गरेको सरकारका प्रवक्ता ज्ञानेन्द्रबहादुर कार्कीले बताए।
‘अमेरिकाको अन्तर्राष्ट्रिय विकासका लागि सहयोग निकाय युएसआइडीबाट प्राप्त हुने अमेरिकी डलर ६५९ (करिब ७९ अर्ब ७१ करोड) अनुदान सहायता रकम स्वीकार गर्ने’ निर्णय भएको कार्कीले बताए।
यस्तै १८ अर्ब ऋण सहायता स्वीकार गर्ने निर्णय पनि भएको छ।‘विश्व बैंक समूहका अन्तर्राष्ट्रिय विकास संस्थाबाट प्राप्त हुने १५० मिलियन अमेरिकी डलर (करिब १८ अर्ब) बराबरको सहुलियतपूर्ण ऋण सहायता स्वीकार गर्ने’ निर्णय भएको हो।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij