काठमाडौं – सुनचाँदीको भाउमा बृद्धि आएको छ । अन्तर्राष्ट्रिय बजार पच्छ्याउँदै स्थानीय बजारमा छापावाल सुनको भाउ तोलामा ५ सय रुपैयाँ बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले शुक्रबारका लागि छापावाल सुनको भाउ तोलाको १ लाख २ हजार कायम गरेको छ ।
गएको चैत ३० गते १ लाख १ हजार ५ सय रुपैयाँमा कारोबार भएको थियो । यस्तै तेजावी सुनको भाउ तोलाको १ लाख १ हजार ५ सय र चाँदीको भाउ पनि तोलामा १५ रुपैयाँले बढेर १ हजार ४ सय १५ कायम भएको महासंघले जनाएको छ ।
© 2026 All right reserved to arthanepal.com | Site By : Sobij