२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

उपत्यकामा सार्वजनिक यातायातको भाडा बढ्यो (सूचीसहित)

उपत्यकामा सार्वजनिक यातायातको भाडा बढ्यो (सूचीसहित)

2.8K
Shares

काठमाडौं – काठमाडौं उपत्यकासहित बागमती प्रदेशमा सार्वजनिक सवारी साधन र ट्याक्सीको भाडा बढेको छ ।
श्रम, रोजगार तथा यातायात व्यवस्था मन्त्रालयको शुक्रबारको निर्णय अनुसार भाडा वृद्धि गरिएको हो । वृद्धि भएको भाडा नयाँ वर्षको पहिलो दिनदेखि लागू हुने मन्त्रालयले जनाएको छ । नेपालमा पछिल्लो ६ महिनामा दोस्रोपटक सार्वजनिक यातायातको भाडादर बढेको छ । विश्वव्यापीरूपमा बढिरहेको पेट्रोलियम पदार्थको मूल्य बढेसँगै नेपालमा  दोस्रोपटक सार्वजनिक यातायातको भाडादर बढेको हो ।

समायोजनपछि सार्वजनिक सवारी साधनको पाँचदेखि २० किलोमिटरसम्मको भाडादर २ देखि ३ रुपैयाँसम्म बढेको छ ।
नयाँ भाडादर अनुसार पाँच किलोमिटरसम्म २० रुपैयाँ, १० किलोमिटरको २५ रुपैयाँ, १५ किलोमिटरको ३० रुपैयाँ, २० किलोमिटरसम्मको ३३ र २० भन्दा माथि ३८ रुपैयाँ तिर्नुपर्ने छ ।
यस्तै, ट्याक्सीको प्रति २०० मिटरको भाडा १० रुपैयाँ बनाइएको छ । प्रतीक्षा शुल्क प्रतिमिनेट १.२० रुपैया तोकिएको छ । बढीमा ३० मिनेटसम्म मात्रै प्रतीक्षा गर्न पाइने छ ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij