काठमाडौं – मेगा बैंककी प्रमुख कार्यकारी अधिकृत (सीईओ)अनुपमा खुञ्जेलीले पदबाट राजीनामा दिएकी छिन् । कार्यकाल सकिन केहि दिन बाँकी रहेका बेला सीईओ खुञ्जेलीले पदबाट राजीनामा दिएकी हुन् ।
उनको पहिलो कार्यकाल यही चैत मसान्तमा सकिंदै थियो । दोस्रो कार्यकालमा उनी दोहोरिन चाहेकी थिइन् । तर सञ्चालक समितिले दोहोर्याउन नचाहेपछि उनले राजीनामा दिएको स्रोतले बतायो ।
यद्यपि, उनको राजीनामा स्वीकृत भने भइसकेको छैन । खुञ्जेली नेपाली बैंकहरुकै पहिलो महिला सीईओ थिइन् ।
© 2026 All right reserved to arthanepal.com | Site By : Sobij