२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

ज्योति विकास बैंकको शाखा लहान र कटारीमा विस्तार

ज्योति विकास बैंकको शाखा लहान र कटारीमा विस्तार

2.7K
Shares

काठमाडौं – ज्योति विकास बैंकले बिहीबार लहान र कटारीमा नयाँ शाखा विस्तार गरी सेवा सुरु गरेको छ । बैंकिङ पहुँच थप विस्तार गर्दै जनतामाझ पुर्‍याउने उद्देश्यका साथ नयाँ शाखाहरू सञ्चालनमा ल्याइएको बैंकले जनाएको छ ।

लहान नगरपालिका-८ सिरहास्थित लहान शाखाको उद्घाटन लहान उद्योग वाणिज्य संघका अध्यक्ष अशोक लाल अमात्य र बैंकका अध्यक्ष हरिचन्द्र खड्काले संयुक्त रुपमा गरे । साथै, कटारी नगरपालिका-४ उदयपुरस्थित कटारी शाखाको उद्घाटन कटारी उद्योग वाणिज्य संघका अध्यक्ष पुस्कर खड्का र बैंकका संचालक सुरेन्द्र बहादुर नेपालीले संयुक्त रुपमा गरे ।

उद्घाटन समारोहमा बैंकका संचालक समितिका सदस्यहरु,बैंकका विभिन्न पदाधिकारी र कर्मचारीहरु,ग्राहक तथा स्थानीय व्यवसायीहरूको पनि उपस्थिति थियो।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij