२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

सुनको मूल्य बढ्यो

सुनको मूल्य बढ्यो

2.3K
Shares

काठमाडौं– बिहीबार सुन चाँदीको मूल्य बढेको छ । सुनको मूल्य तोलामा ५ सय रुपैयाँले बढ्दा चाँदीको मूल्य भने तोलामा १० रुपैयाँले बढेको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ ।

आज छापावल सुनको मूल्य तोलामा ९९ हजार रुपैयाँ तोकिएको छ भने तेजावी सुनको मूल्य ९८ हजार ५ सय रुपैयाँ छ । यस्तै चाँदीको मूल्य प्रतितोला १३ सय ४५ रुपैयाँ तोकिएको छ । बुधबार ९८ हजार ५ सय रुपैयाँ छापावल,९८ हजार रुपैयाँमा तेजावी सुनको खरिद बिक्री भएको थियो । यस्तै चाँदी प्रतितोला १३ सय ३५ रुपैयाँमा बिक्री भएको थियो ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij