२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

मेगा बैंकको संस्थापक १ लाख २९ हजार कित्ता शेयर अन्य व्यक्तिमा विक्री गरिने

मेगा बैंकको संस्थापक १ लाख २९ हजार कित्ता शेयर अन्य व्यक्तिमा विक्री गरिने

1.3K
Shares

काठमाडौं – मेगा बैंक नेपाल लिमिटेडले गत फागुन १२ गतेदेखि विद्यमान संस्थापकमा विक्रीको आव्हान गरेको १ लाख २९ हजार ९१५ कित्ता शेयर अन्य व्यक्ति तथा संस्थामा विक्री गर्ने भएको छ । बैंकले विद्यमान संस्थापक शेयरधनीहरुलाई पहिलो प्राथमिकतामा राखी उक्त शेयर विक्री खुला गरेको थियो ।

तोकिएको अवधिभित्र विद्यमान संस्थापक शेयरधनीहरुबाट आवेदन प्राप्त नभएकाले यो शेयर अन्य व्यक्ति तथा संस्थाहरुमा विक्री गर्न लागिएको जानकारी बैंकले दिएको हो ।

बैंकले सोमवार सुचना जारी गरी शेयर खरीद गर्न इच्छुकहरुले आगामी ७ दिनभित्र बैंकको केन्द्रीय कार्यालय कमलादी, काठमाडौंको शेयर शाखामा निवेदन दिने आग्रह गरेको छ ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij