२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

कामना सेवा विकास बैंकद्वारा शाखारहित बैंकिङ्ग सेवा सञ्चालन

कामना सेवा विकास बैंकद्वारा शाखारहित बैंकिङ्ग सेवा सञ्चालन

1.7K
Shares

काठमाडौं – कामना सेवा विकास बैंकले छैठौं र सातौं शाखा रहित बैंकिङ सेवा शुभारम्भ गरेको छ । बैंकले सेवा विस्तार गर्ने क्रममा बिहीबारबाट मोरङको पथरी शनिश्चरे नपा–०९ को आर. के. मोवाइल सर्भिस सेन्टरमा छैठौं शाखा रहित बैंकिङ सेवा र लेटाङ वडा नं. ०९ मदनचोक को ए.वि.मेडिकल हलमा सातौं शाखा रहित बैंकिङ सेवा सञ्चालनमा ल्याएको जनाएको छ ।

पथरी शनिश्चरे नगरपालिकाका मेयर दिलीपकुमार राईले आर.के. मोवाइल सर्भिस सेन्टरमा र लेटाङ वडा नं. ०९ का वडा अध्यक्ष्य कृष्ण लुइँटेलले ए.वि.मेडिकल हलमा शाखा रहित बैंकिङ्ग सेवाको समुद्घाटन गरी सेवा शुभारम्भ गरेका हुन् ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij