काठमाडौं – नेपालमा सुजुकी मोटरसाइकल तथा स्कुटरको आधिकारिक आयातकर्ता तथा बिक्रेता भिजी अटोमोबाइलले नयाँ वर्ष २०७९ को उपलक्ष्यमा नयाँ योजना सार्वजनिक गरेको छ।
कम्पनीले आफ्नो उत्कृष्ट बाइक तथा स्कुटरको खरिदमा ‘गेट लक्की विथ सुजुकी’ योगना ल्याएको हो। यो योजना अन्तर्गत प्रत्येक सुजुकी बाइक तथा स्कुटरको खरिदमा ग्राहकले दश हजार रुपैयाँको स्योरसट पाउनुका साथै एउटा स्क्र्याच कुपन पाउने छन्। सो कुपनबाट ग्राहकले एक लाख रुपैयाँसम्मको क्यासब्याक तुरुन्तै प्राप्त गर्न सक्नेछन्। योजनाअन्तर्गत एक्सचेन्ज र फाइन्यान्सको पनि सुविधा छ। गेट लक्की विथ सुजुकी यही चैत्र १३ गतेदेखि २०७९ वैशाख ३० सम्म लागु गरिएको कम्पनीले जनाएको छ।
कम्पनीका अनुसार यो योजना नयाँ वर्ष २०७९ लाई मध्य नजर गरी सिमित अवधीको लागि लागू गरिएको हो। बिएस-६ मोडल र थुप्रै फिचरहरू भएको सुजुकीको बाइक तथा स्कुटरले नयाँ वर्षमा ग्राहकको मन जित्ने कुरामा समेत कम्पनी विश्वस्त छ।
© 2026 All right reserved to arthanepal.com | Site By : Sobij