काठमाडौं – सिन्धु विकास बैंकले चैत्र ११ गते शुक्रबारका दिन सामाजिक उत्तरदायित्व अन्तर्गत काभ्रेपलाञ्चोक जिल्लाको पनौती शाखाको प्राङ्गणमा खुला रक्तदान कार्यक्रम सम्पन्न गरेको छ । उक्त खुला रक्तदान कार्यक्रममा पनौती नगरपालीका क्षेत्रका स्थानियवासी तथा विभिन्न संघ संस्थाका प्रतिनीधिहरु समेत गरी करिब ८७ जनाले रक्तदान गरेका थिए । सो अवसरमा बैंकका प्रमुख कार्यकारी अधिकृत राम कुमार गिरी लगायत बैंकका उच्च ब्यवस्थापनको समेत उपस्थिती रहेको थियो । सिन्धुपाल्चोक जिल्लाकै प्रथम विकास बैंकको रुपमा स्थापित यस बैंकले आफ्नो कार्यक्षेत्र सिन्धुपाल्चोक, दोलखा, काभ्रेपलाञ्चोक, मकवानपुर र चितवन जिल्ला समेत गरी ५ जिल्लाहरुमा २४ वटा शाखा कार्यालयहरु र २ वटा सिमित बैकिङ्ग ईकाइबाट बैकिङ्ग सेवा प्रदान गर्दै आईरहेको छ । बैंकले हाल रहेको प्रतिस्पर्धी बजारमा ग्राहकहरुको सुविधाको लागी सम्पूर्ण शाखा कार्यालयहरु मार्फत सन्ध्याकालिन बैकिङ्ग सेवा, मोवाईल बैकिङ्ग, एससिटी डेबिट कार्ड, एसएमएस बैंकिङ्ग लगायतका सेवाहरु प्रदान गर्दै आएको छ ।
© 2026 All right reserved to arthanepal.com | Site By : Sobij