२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

आइएमई पेको उपहार विजेता घोषणा

आइएमई पेको उपहार विजेता घोषणा

2.3K
Shares

काठमाडौं – आइएमई ग्रुपद्वारा संचालित आइएमई डिजिटल सोलुसन लिमिटेडद्वारा प्रवद्र्घित ‘आइएमई पे’ ले उत्सवको बहार दुवई घुम्ने उपहार स्किमको विजेता घोषणा गरेको छ । दशैं, तिहार र छठलाई लक्षित गरि आइएमईले तयार पारिएको यो स्किममा धनगढी कैलालीका अमिगो मनी ट्रान्सफर र सिमरा बाराका मोबाइल सरोकार उक्त स्किम अन्तर्गत विजेता घोषित भएका हुन् ।

आइएमई काउण्टरबाट आइएमई पे मोबाइल एप प्रयोग गरि स्किम अवधिमा हवाई टिकट विक्री गरे वापत सिस्टममा आधारित लक्की ड्र मार्फत विजेता छनोट गर्दा उनीहरू विजेता बन्न सफल भएका हुन् । व्यवसाय प्रवद्र्घनमुखी यस्ता स्किम मार्फत व्यवसायिक साझेदारहरुलाई पुरस्कृत गर्ने उद्धेश्यले उक्त सञ्चालन गरिएको थियो ।

उक्त कार्यक्रममा दुई जोडीलाई ४ रात ५ दिनका लागि दुवई घुम्ने अवसर प्राप्त हुने गरि तयार पारिएको थियो । कोभिडका कारण बाहिरी देश भ्रमणको लागि उपयुक्त समय नभएको कारण सोही भ्रमणको लागि लाग्ने खर्च तीन लाख (एक लाख ५० हजार प्रति विजेता) आइएमई पे एप मार्फत स्किमका विजेताहरुलाई ट्रान्सफर गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij