काठमाडौं– प्रधानसेनापति प्रभुराम शर्माले उपरथीमा बढुवा भएका प्रेमध्वज अधिकारीलाई दर्ज्यानी चिन्ह प्रदान गरेका छन्। प्रधानसेनापति शर्माले आइतबार जंगी अड्डामा आयोजित एक विशेष कार्यक्रमकाबीच अधिकारीलाई उपरथीको दर्ज्यानी चिन्ह प्रदान गरेका हुन् ।
सहायक रथी अधिकारीलाई फागुन २६ गते बसेको मन्त्रिपरिषदले उपरथीमा बढुवा गरेको थियो। उपरथी अधिकारी श्राष्ट्रिय निकुञ्ज तथा पर्यावरण संरक्षण महानिर्देशनालयमा नियुक्त भएका छन्।
© 2026 All right reserved to arthanepal.com | Site By : Sobij