काठमाडौं – नेपाल–भियतनाम उद्योग वाणिज्य संघमा दीपक मलहोत्रा निर्वाचित भएका छन् । संघको ११औँ वार्षिक साधारणसभाले मलहोत्राको अध्यक्षतामा २५ सदस्यीय कार्यसमिति निर्वाचित गरेको हो ।
संघको बिहीबार सम्पन्न साधारणसभाले आगामी तीन वर्षका लागि पूर्वसहायकमन्त्री राजेशकाजी श्रेष्ठसहित २५ जनालाई कार्यसमितिमा निर्वाचित गरेको हो ।
नवनिर्वाचित समितिको वरिष्ठ उपाध्यक्षमा ध्रुवकुमार श्रेष्ठ, उपाध्यक्षद्वयमा सुरेशमान श्रेष्ठ र सुनिलभत्त श्रेष्ठ, महासचिवमा गोपालदास मानन्धर र कोषाध्यक्षमा कविकुमार तिवडेवाल निर्वाचित भएका हुन् ।
© 2026 All right reserved to arthanepal.com | Site By : Sobij