२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

नेप्से परिसूचक ५२ अंकले बढ्यो

नेप्से परिसूचक ५२ अंकले बढ्यो

2.1K
Shares

काठमाडौं – साताको अन्तिम कारोबार दिन सेयर बजार परिसूचक नेप्सेमा २ प्रतिशतभन्दा बढीले वृद्धि भएको छ । पछिल्ला केही दिनयता लगातार गिरावट भएको नेप्सेमा बिहीबार भने हरियाली छाएको छ ।

बुधबार २५१४.५८ अंकमा बन्द भएको नेप्से बिहीबार २.०८ प्रतिशत (५२.२१ अंक)ले वृद्धि भएर २५६६.७९ अंका बन्द भएको छ । बिहीबार नेप्सेसँगै अन्य सबै उपसूचकमा हरियाली छाएको छ । नेप्सेमा २ प्रतिशतले वृद्धि भए पनि बुधबारको तुलनामा केही सुधार देखिएको कारोबार रकममा ठूलो उत्साह भने देखिएन । आज बजारमा दुई अर्ब ७९ करोडको कारोबार हुँदा अपी पावरको साढे १६ करोड र नेपाल दूरसञ्चार कम्पनीको साढे १३ करोडको कारोबार भएको छ ।

आज बजारमा कारोबार भएका मध्ये इमर्जिङ नेपालको सेयर मूल्य बढेर सर्किट लेभलमा बन्द हुँदा कर्णाली डेभलपमेन्ट बैंकको ८.८९ प्रतिशतले बढेको छ । माउन्टेन इनर्जीको सेयर मूल्य ३.०८ प्रतिशतले गिरावट हुँदा नेपाल दूरसञ्चार कम्पनीको २.०२ प्रतिशत र बोटलर्स नेपाल तराईको सेयर मूल्य १.८३ प्रतिशतले घटेको छ ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij