काठमाडौं– नेपाली बजारमा सुनको मूल्य अहिलेसम्मकै उच्च विन्दुमा पुगेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबार सुनको भाउ इतिहासकै सबैभन्दा उच्च मूल्यमा पुगेको हो।
महासंघका अनुसार आज छापावाल सुनको मूल्य प्रतितोला २५ सय रूपैयाँले बढेर १ लाख ५ हजार ५ सय रुपैयाँ पुगेको छ। यस्तै तेजावी सुनको भाउ पनि प्रतितोला १ लाख ५ हजार पुगेको छ। बुधबार चाँदीको भाउ पनि प्रतितोला ४० रूपैयाँले बढेको छ। चाँदी प्रतितोला १४५० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।
मंगलबार तेजावी सुन १ लाख २ हजार ५ सय रूपैयाँमा कारोबार भएको थियो। यस्तै असली चाँदी १२०९ रूपैयाँमा कारोबार भइरहेको थियो।
© 2026 All right reserved to arthanepal.com | Site By : Sobij