२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

राष्ट्र उत्थान लघुवित्तको आईपीओ शेयरधनीको डिम्याट खातामा

राष्ट्र उत्थान लघुवित्तको आईपीओ शेयरधनीको डिम्याट खातामा

3.6K
Shares

काठमाडौं – राष्ट्र उत्थान लघुवित्त वित्तीय संस्था लिमिटेडले निष्कासन गरेको आईपीओ शेयरधनीको डिम्याट खातामा आएको छ । RULB स्टक कोडमा डिम्याट खातामा देखिएको हो ।

कम्पनीले आइपीओको बाँडफाँट फागुन १२ गते गरेको थियो । कुल २५ लाख ८५ हजार २६१ जनाले आवेदकले आवेदन दिएको थिए । जसमध्ये ५ हजार ८५९ जनाको आवेदन रद्ध भएको थियो भने गोला प्रथाद्धारा ७९ हजार ४५० जनाले १० कित्ताका दरले आईपीओ पाएका हुन । कम्पनीले फागुन ४ गते देखि ८ गते सम्म ८ लाख ५० हजार कित्ता आईपीओ निष्कासन गरेको थियो ।

जसमध्ये ४२ हजार ५ सय कित्ता सामुहिक लगानी कोषको लागि ,१३ हजार कित्ता कर्मचारीको लागि र बाँकी रहेको ७ लाख ९४ हजार ५ सय कित्ता शेयर सर्वसाधारणको लागि निष्कासन गरेको हो । अव कम्पनीको शेयर आवश्यक प्रक्रिया पुरा गरेर नेपाल स्टक एक्सचेञ्जमा सुचिकरण भएपछि कारोबारमा आउनेछ ।

कम्पनीले पहिलो कारोबारको लागि प्रतिकित्ता रू. १६७ दशलमव ४३ देखि ५०२ दशलमव २९ ओपन रेञ्ज पाउने देखिएको छ । नेप्सेले कम्पनीको पहिलो कारोबारको लागि नेटवर्थको तिन गुणा सम्म मूल्य रेञ्ज तोक्ने भएकाले उक्त मूल्य रेञ्ज पाउने देखिएको हो । कम्पनीको आव २०७७÷७८ को बास्तविक प्रतिशेयर नेटवर्थ रू. १६७ दशमलव ४३ रहेको छ ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij