२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

नेष्डो समृद्ध लघुवित्तको आईपीओ बाँडफाँड

नेष्डो समृद्ध लघुवित्तको आईपीओ बाँडफाँड

2.6K
Shares

काठमाडौं– नेष्डो समृद्ध लघुवित्तको आईपीओ मंगलबार बाँडफाँड भएको छ । लघुवित्तको धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धक ग्लोबल आइएमई क्यापिटल लिमिटेडका अनुसार लघुवित्तको आईपीओमा आवेदन गरेकामध्ये ७७ हजार ४५६ जनाले दश कित्ताका दरले शेयर पाएका छन भने ती मध्ये ३ जनाले थप एक एक कित्ता शेयर पाएका छन् ।

कम्पनीको आईपीओमा खरीका लागि मागभन्दा उच्च आवेदन परेका कारण गोलाप्रथाबाट बाँडफाँड गरिएको हो। धितोपत्र निष्काशन तथा बाँडफाँड निर्देशिका २०७४ बमोजिम कम्पनीको कुल निष्काशित संख्यालाई दश कित्ताका दरले निष्काशित सेयरले पुगेसम्मका लगानीकर्तालाई बाँडफाँड गर्नुपर्ने हुन्छ ।

कम्पनीले कर्मचारी र सामुहिक लगानी कोषका इकाईलाई सुरक्षित गरी सर्वसाधारणबाट ७ लाख ७४ हजार ५६३ कित्ताका लागि आवेदन माग गरेको थियो। जसमा २५ लाख २७ हजार १०१ वटा आवेदन परेकोमा दोहोरो आवेदन परेका ४ हजार १४६ आवेदन भने रद्द भएका छन् । सदर आवेदक २५ लाख २२ हजार ९५५ जनालाई गोलाप्रथामा समावेश गरी शेयर बाँडफाँड गरिएको क्यापिटलले जनाएको छ । उक्त शेयर ७७ हजार ४५३ जनाले दश कित्ताका र ३ जनाले ११ कित्ताका दरले शेयर पाएका छन् । शेयर भर्ने २४ लाख ४५ हजार ४९९ जनाको हातखाली भएको छ ।

नेष्डो समृद्ध लघुवित्तले फागुन ११ देखि १५ गतेसम्म प्रतिकित्ता १०० रुपैयाँ अंकित दरमा कुल ८ लाख २८ हजार ७५० कित्ता आईपीओ जारी गरेको हो । जसमध्ये सामूहिक लगानी कोषका इकाईहरुका लागि ४१ हजार ४३७ कित्ता र लघुवित्तका कर्मचारीहरुका लागि १२ हजार ७५० कित्ता छुट्याइएको थियो ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij