२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

राष्ट्रपतिद्वारा ‘नो लङगर अनटेबल’ सार्वजनिक

राष्ट्रपतिद्वारा ‘नो लङगर अनटेबल’ सार्वजनिक

2.7K
Shares

अमेरिकी लेखक सारा डेभिल्सन ट्रेसीले लेखेको किताब ‘नो लङगर अनटेबल’ रास्ट्रपती बिध्यादेबी भण्डारीले आइतबार समारोहका बिच सार्बजनिक गर्नु भएको छ ।
बादी समुदायका पाच महिलाहरुको कथा समेटीएको पुस्तकको अंग्रजी प्रकाशन आइतबार रास्ट्रपती भबन सितल निबासमा आयोजित एक कार्यक्रमका बिच रास्ट्रपती भण्डारीले सार्बजनिक गर्नु भएको हो । पुस्तक सार्बजनिक समारोहमा बोल्दै रास्ट्रपती भण्डारीले अब छुबाछुत र मानबलाई बेचबिखनलाई इतिहास बनाउन संसारभरका मानिष एकजुट हुनु पर्ने बताउनु भयो । मानब बेचबिखन संसारकै साझा समस्या भएको छ नेपालमा पनि यो ब्यप्त रहेकाले समस्या समाधान गर्न सरकार र संघ संस्थाले एक साथ काम गर्न पर्ने कुरामा जोड दिनु भयो । पुस्तक सार्बजनिक कार्यक्रमका लागी यसै साता नेपाल आएकी लेखक ट्रेसीले मानब बेचबिखन हिरोइजम र आशा मा आधारीत रहेको किताब बिश्बभर किताब बिक्री गर्ने ऐमजनमा बेस्ट सेलिङ पुस्तकको सुचीमा रहेको बताउनु भयो । साथै उहाले नेपालका रास्ट्रपती समक्ष पुस्तक र समस्याबारे जानकारी दिन पाउदा समस्या समाधानमा सरकार क्रियासिल हुने आशा ब्यक्त गर्नु भएको छ । पश्चिम नेपालका बिभिन्न जिल्लाबाट भारतका बिभिन्न सहरहरुमा बेचीएका र उद्दार भइ पुनस्थापीत ५ महिलाको कथा समस्या समाधानका लागी मार्ग बन्ने साराको भनाई थियो । कबिता बादी,देबीसारा हन्ना बादी,सरिता परियार,रुथ बादी र सुकमाया बादीको कथाहरु पुस्तकमा समेटिएको छ । कार्यक्रममा बोल्दै पुस्तकमा समाबेश गरीएकी एक पात्र देबीसरा हन्ना बादीले आफुले आखै अगाडी देखेका र भोगेका दिनहरु पुस्तकका रुपमा आफ्ना अगाडी आउदा खुसी लागेको बताउनु भयो । साथै उहाले आज पनी एक पुरीया बिस्कुटमा आफ्नो सरीर बेचीरहेका दिदी बहिनीको पुनस्थापनामा सरकारलाई झकझकाइदिन रास्ट्रपति समक्ष अनुरोध समेत गर्नु भएको थियो । बिगत १५ बर्ष देखि बादी महिलाहरुको उद्दार शिक्षा र पुनस्थापनामा काम गरीरहेका राजु सुन्दासले हरेक दिन अझै पनि सैयौ नेपाली छोरीहरु नेपालबाट भारतका कोठीहरु र पछिल्लो समय मध्यपुर्बका देशहरु बेचीरहेको रास्ट्रपती तथ्य राख्दै सरकारको ध्यानर्कशण गराउनु भयो । पुस्तक छिटै नेपालीमा भाषामा समेत आउने सुन्दास रास्ट्रपती समक्ष जानकारी दिनु भएको थियो ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij