२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

रंगेली नगर प्रमुख दिलिप अग्रवाल माओवादीबाट निष्कासित

रंगेली नगर प्रमुख दिलिप अग्रवाल माओवादीबाट निष्कासित

4.2K
Shares

विराटनगर – नेकपा माओवादी केन्द्रले मोरङको रंगेली नगरपालिकाका प्रमुख दिलिप अग्रवाल (बगडिया) लाई पार्टीबाट निष्कासन गरेको छ । उनी नेकपा एमाले प्रवेश गर्ने तयारीमा रहेका छन् ।  उनलाई पार्टी प्रवेश गराउन नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली बुधबार रंगेली आउँदैछन् । माओवादी केन्द्र प्रदेश १ अध्यक्ष हर्कबहादुर नेम्वाङ (मिक्सो)ले विज्ञप्ति जारी गर्दै पार्टीको आचरण विपरीत काम गरेका कारण अग्रवालको साधारण सदस्यतासमेत खारेज गरेर कारबाही गरिएको जानकारी दिएका छन् ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij