२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

‘तँ’ भनेको निहुँमा हत्या !

‘तँ’ भनेको निहुँमा हत्या !

1K
Shares

पोखरा – महाशिवरात्रीका अवसरमा बिहीबार पोखरा– २० मौजामा स्थानीय युवा क्लबले साँस्कृतिक कार्यक्रम आयोजना गर्‍यो। कार्यक्रममा सहभागी हुन पुगेका लामडाँडाका ३७ वर्षीय चोकेन्द्र गुरूङसँग लामडाँडाकै २९ वर्षीय प्रकाश गुरूङ, लामाखेतका २५ वर्षीय निशान गुरूङ र डिलबहादुर गुरूङले विवाद गरे।
उनीहरूबीच सुरूआतमा चोकेन्द्रले ‘तँ’ भनेकाले विवाद भएको प्रहरीको प्रारम्भिक अनुसन्धानले जनाएको छ।

कास्की प्रहरी प्रवक्ता डिएसपी सुन्दर तिवारीका अनुसार सामान्य विषयमा विवाद सुरू भएपछि उनीहरूबीच झगडा भएको थियो। सामान्य विवाद बढ्दै गएपछि युवाहरूको समूहले चोकेन्द्रको हत्या गरेको डिएसपी तिवारीले बताए।
‘झगडाको सुरूआत सामान्य विवादबाट भएको देखिन्छ’, डिएसपी तिवारीले भने, ‘विवाद बढ्दै गएपछि हत्याको घटना भएको अभियुक्तले स्वीकारेका छन्।’ उनीहरूले चक्कु प्रहार गरेर चोकेन्द्रको हत्या गरेको प्रहरीले जनाएको छ।
घटनामा संलग्न भएको आरोपमा प्रहरीले तीनै जनालाई पक्राउ गरेको छ। उनीहरूका साथबाट घटनामा प्रयोग भएको चक्कु समेत बरामद गरेको डिएसपी तिवारीले बताए।
घटनाको थप अनुसन्धानका लागि शुक्रबार जिल्ला अदालत कास्कीले ७ दिन हिरासतमा राख्न अनुमति दिएको छ।

सेतोपाटीबाट साभार

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij