काठमाडौं – शुक्रबार छापावाल सुनको मूल्य प्रतितोला ९९ हजार ९ सय पुगेको छ । बिहीबार प्रतितोला ९९ हजारमा कारोबार भएको सुन ९ सय रुपैयाँले बढेर ९९ हजार ९ सय पुगेको हो ।
नेपाल सुनचाँदी व्यवसायी महासङ्घले सार्वजनिक गरेको विवरणानुसार आज तेजाबी सुनको मूल्य प्रतितोला ९९ हजार ५०० तोकिएको छ । जसको मूल्य हिजो प्रतितोला ९८ हजार ५०० तोकिएको थियो ।
यद्यपि आज चाँदीको मूल्य भने यथावत रही प्रतितोला १ हजार ३८० मा कारोबार भइरहेको छ ।
© 2026 All right reserved to arthanepal.com | Site By : Sobij