२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

इ-सेवा ट्राभल्स् एण्ड टुर्सको ब्राण्ड एम्बेस्डरमा क्याप्टेन विजय लामा नियुक्त

इ-सेवा ट्राभल्स् एण्ड टुर्सको ब्राण्ड एम्बेस्डरमा क्याप्टेन विजय लामा नियुक्त

2.5K
Shares

काठमाडौं– नेपाल एयरलाइन्स्का वरिष्ठ क्याप्टेन विजय लामा इसेवा ट्राभल्स् एण्ड टुर्सको ब्राण्ड एम्बेस्डर नियुक्त भएका छन्। शुक्रबार एक कार्यक्रमकाबीच ब्राण्डएम्बेष्डर नियुक्त सम्बन्धी सम्झौतापत्रमा हस्ताक्षर भयो।

कार्यक्रममा इसेवाका प्रमुख कार्यकारी अधिकृत सुभास सापकोटा र क्याप्टेन विजयलामाबीच सम्झौतापत्रमा हस्ताक्षर भयो। क्याप्टेन लामा ब्राण्डएम्बेस्डर नियुक्त भएसँगै अन्तराष्ट्रिय हवाइ टिकट क्षेत्रमा थप पारदर्शीता कायम हुने विश्वास कम्पनीको छ। साथै आममानिसले कम मूल्यमा सहज रुपमा टिकट पाउने अपेक्षा गरिएको छ।
कार्यक्रममा बोल्दै इसेवाका प्रमुख कार्यकारी अधिकृत सुभास सापकोटाले क्याप्टेन लामालाई एम्बेस्डर बनाउँन पाउँदा निकै गर्व महशुस भएको बताए।

ब्राण्ड एम्बेष्डर विजयलामाले नेपालको डिजिटल पेमेन्ट क्षेत्रमा अग्रणी इ-सेवासँग जोडिन पाउँदा खुशी लागेको बताए। यसमा आफूले सक्दो भूमिका निर्वाह गर्ने उनको भनाई छ। कार्यक्रममा एफवान सफ्टका सिइओ सुवास शर्मा, इसेवा टुर्सकानिर्देशक मेख केसीले पनि अन्तराष्ट्रिय टिकटिङको क्षेत्रमा इसेवाले थप सहजता ल्याउने विश्वास व्यक्त गरे। इ-सेवाले नेपालको आन्तरिक उडानको क्षेत्रमा लामो समयदेखि टिकट बिक्री गर्दै आएको छ। पछिल्लो समय अन्तराष्ट्रिय उडानकोसमेत बिक्रीगर्न सुरु गरेको छ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij