काठमाडौं – नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा साताको कारोबारको अन्तिम दिन आज बिहिबार उच्च अंकको गिरावट भएको छ । आज नेप्से ५८.९९ अंकले घटेर दुई हजार ६ सय ६१ दशमलब ४४ विन्दुमा रोकिएको हो । बुधबार नेप्से १५.५० अंकले बढेर दुई हजार सात सय २० दशमलब ४३ विन्दुमा रोकिएको थियो ।
त्यस्तै, आज शेयर बजार घटेपनि कारोबार रकम भने बढेको छ । दिनभर भएका ६५ हजार ११ कारोबारबाट २२९ कम्पनीका ८४ लाख ९० हजार ६८९ कित्ता सेयर किनबेच भएका छन् । जसअनुसार कारोबार रकम ४ अर्ब २९ करोड ३८ लाख ६४ हजार १९२ रुपैयाँ पुगेको छ । बुधबार ३ अर्ब १३ करोड १२ लाख बराबरको कारोबार भएको थियो ।
© 2026 All right reserved to arthanepal.com | Site By : Sobij