२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

डिशहोमद्वारा एकैदिन काठमाडौंमा ४ ओटा सोरुम उद्घाटन

डिशहोमद्वारा एकैदिन काठमाडौंमा ४ ओटा सोरुम उद्घाटन

1.7K
Shares

काठमाडौं – डिशहोम फाईवरनेटले काठमाडौंमा एकैदिन चारओटा सोरुमको उद्घाटन गरेको छ । बुढानिलकण्ठ र बानियाटारमा रहेको एलेक्स् ईम्पेक्स्, बलम्बुमा रहेको बलम्बु टि.भि. हाउस र नक्सालमा रहेको बि. ईन्टरप्राईजेजको उद्घाटन छुट्टाछुट्टै कार्यक्रमका बीच डिश मिडिया नेटवर्कका विक्री प्रबन्धक रमेश सापकोटाले गरेका हुन् ।

सो कार्यक्रममा डिश मिडिया नेटवर्कका नेशनल सेल्स म्यानेजर मनोज शर्मा, रिजनल सेल्स म्यानेजर जस बहादुर गुरुङ, एरिया सेल्स म्यानेजर उज्जल न्यौपाने, सिनियर सेल्स अफिसर राम शिलाकार र मदन सापकोटा, सेल्स अफिसर रविन थापा र सागर जोशि तथा ब्राण्ड अफिसर दिनेश रतन र अनिल ठाकुरको उपस्थिति रहेको थियो ।

त्यस्तै सिएम ट्रेडिङको सेल्स म्यानेजर सुनिल बाबा भट्ट, सेल्स अफिसर बिक्रम लामाको उपस्थिती रहेको थियो भने स्टोम नेटवर्क तर्फबाट मंगल गुरुङ र रमेश के.सी. उपस्थिती रहेको थियो ।

एलेक्स ईम्पेक्सको सञ्चालन रामकुमार श्रेष्ठ र केशव कोईराला, बलम्वु टि.भि. हाउसको संचालन प्रभात भट्टराई र बि. ईन्टरप्राईजेजको सञ्चालन आकाश मानन्धरले गर्ने बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij