२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

बनेपामा टाटा मोटर्सको नयाँ आउटलेट

बनेपामा टाटा मोटर्सको नयाँ आउटलेट

2.8K
Shares

काठमाडौं – टाटा मोटर्सले काभ्रे जिल्लास्थित बनेपामा आफ्नो नयाँ आउटलेट सञ्चालनमा ल्याएको छ। नेपालका लागि टाटा मोटर्सको एकमात्र आधिकारिक वितरक सिप्रदी ट्रेडिङ प्रालिले यही महिनादेखि सेवा पुर्‍याउने योजनासहित बनेपामा आफ्नो नयाँ आउटलेट विस्तार गरेको हो। बनेपामा सञ्चालित नयाँ आउटलेटको बिक्रेताको रूपमा लक्ष्मी अटो छन् जसका सञ्चालक सेवक बुढाथोकी हुन्। बनेपामा कम्पनीको यो पहिलो आउटलेट हो। योसँगै नेपालभर टाटा मोटर्सको १९ वटा आउटलेट भएको छ।

‘लक्ष्मी अटो ग्रुपसँग सहकार्य गर्न पाउँदा हामी निकै खुशी छौं। बनेपामा टाटा मोटर्स सिप्रदीको यो पहिलो सोरुम हो। यसले हाम्रो ग्राहक केन्द्रित दृष्टिकोण र उनीहरूसँग नजिकी सम्बन्ध विस्तार गर्न मद्दत मिल्नेमा हामी सकारात्मक छौं,’ आउटलेट सञ्चालनसम्बन्धी सिप्रदी ट्रेडिङका प्यासेन्जर भेइकल बिजनेस युनिट प्रमुख शावन्त जंग सिजापतीले भने, ‘अहिले मासिक रूपमा कम्पनीको वृद्धि भइरहेको छ। यो नयाँ डिलरशीप र सम्झौतासँगै कम्पनीको बिक्री, सेवा र ग्राहक सन्तुष्टि क्षेत्रमा नयाँ कोशेढुङ्गा सावित हुनेमा हामी विश्वस्त छौं।’

उनले बनेपा कम्पनीको लागि प्रमुख बजार मात्र नभई कम्पनीको विकास रणनितीको प्रमुख हिस्सा समेत रहेको बताए। त्यस्तै, लक्ष्मी अटो ग्रुपका प्रबन्ध निर्देशक सेवक बुढाथोकीले पनि बनेपाको नयाँ आउटलेटको विक्रेताको रुपमा लक्ष्मी अटो नियुक्त भएकोमा खुशी व्यक्त गरे। उनले भनेका छन्, ‘बनेपामा सिप्रदी ट्रेडिङका लागि टाटा मोटर्सको डिलरको रूपमा प्रतिनिधित्व गर्न पाउँदा निकै गर्व महशुस गरिरहेका छौं। बनेपा डिलरशिप सेल्स शोरुमको सफलतापूर्वक उद्घघाटनसँगै यस क्षेत्रबाट टाटा मोटर्सले निकै सकारात्मक प्रतिक्रिया पाइरहेको छ। टाटा मोटर्ससँगको सम्झौतासँगै हामी यसको बढ्दो माग, बिक्री एवम् यसको सेवाहरू उच्च मापदण्डहरूको पालनासहित पूरा गर्न चाहन्छौं।’

अब बनेपामा रहेको आउटलेटबाट ग्राहक एवम् उपभोक्ताहरूले टाटा मोटर्सका साना गाडीसम्बन्धी परामर्श, खरिद तथा एक्सचेन्ज र सर्भिस जस्ता सुविधा लिन सक्नेछन् उपभोक्ताहरूले यहाँबाट दक्ष प्राविधिकहरूमार्फत गुणस्तरीय सेवा प्राप्त गर्नुका साथै गाडीको जेन्युन पार्टपुर्जाहरू पनि सहजै पाउने कम्पनीको भनाइ छ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij