काठमाडौं– नेपालका वरिष्ठ आँँखा सर्जन डा. बेन लिम्बु नेतृत्वको टोली हाल पश्चिमी अफ्रिकाको शेरा लियोनमा निःशुल्क आँँखा शिविर मार्फत सयौ दृष्टीविहिनहरुका आँँखा शल्यक्रिया गर्न सक्रिय रहेको छ ।
विश्व कोरोना माहामारीबाट गुज्रिरहेको अवस्थामा डा. लिम्बु पश्चिमी अफ्रिकाको शेरा लियोनका राष्ट्रिय आँँखा उपचार कार्यक्रमको निमन्त्रणामा २३ माघ २०७८ का दिन फ्रि टाउन पुगेका हुन ।
शेरा लियोनको कुल जनसंख्या ८२ लाख रहेको र ५० बर्ष माथिका प्रति १०० नागरीक मध्ये ६ जना अन्धोपनको शिकार हुने गरेको स्थानिय तत्थाङकहरुले प्रमाणित गरेको पाइन्छ । हाल सम्म यस देशमा जम्मा ६ जना आँँखा बिषेशज्ञ रहेको देखिएता पनि प्रायले सर्जरी नगर्ने हुँदा धेरै बिरामीहरु आँँखा उपचारबाट बञ्चित भएको पाईन्छ । विश्वका अन्य मुलूकमा झै अन्धोपनको प्रमुख कारक मोतिबिन्दु रहेको भएता पनि यहाँ शिविरमा आएका अधिकांश बिरामीहरु मोतिबिन्दुको अत्यन्त अन्तिम चरण र जटिल अवस्था लिएर शिविर आईरहेको डा. लिम्बुले जानकारी दिए ।

शेरा लियोनको राजधानी फ्रि टाउनबाट दक्षिण पूर्वमा अवस्थित बो शहरको सरकारी अस्पतालमा हाल ४ दिने निःशुल्क आँँखा शिविर सञ्चालन भइरहेकोमा पहिलो २ दिनमा १८० जनाको सफल मोतिबिन्दुको सर्जरी भइसकेका छ भने सयौ दृष्टीविहिनहरु नयाँ दृष्टी पाउने पर्खाइमा छन् । धेरै बिरामीहरु दुवै आँखा नदेखी लाठीको वा परिवारजनको सहारामा शिविर स्थान वरपर हिडडुल गरिरहेको साथै ती मध्ये धेरै बिरामी युवा उमेर समुहको हुनु दुखद कुरा रहेको उनले बताए । यस शिविरमा भाग लिन देशको विभिन्न प्रदेश, दुर दराजमा बसोबास ग्रामिण भेगका स्थानिय र केहि संख्यामा सगै रहेको देशहरु लाईबेरीया र गिनिइबाट समेत आइरहेको उनले जानकारी दिए ।
शिविर सञ्चालनले अन्धोपनको स्थायी समाधान नदिने भऐकोले निःशुल्क आँँखा शिविर सगैं स्थानिय चिकित्सकहरुलाई सर्जरीको तालिम र सीप हस्तान्तरण गराईने उनको भनाइ छ । निःशुल्क आँँखा शिविर सकिए लगतै शेरा लियोनको राजधानी फ्रि टाउनको सरकारी आँँखा अस्पतालमा ३ दिने निशुल्क अकुलोप्लास्टिक सर्जरी गरिने जस अन्तर्गत आशु धेरै बग्ने, आँँखा छाला वरिपरीको समस्या, सानो ठूलो आँँखा, आँँखा क्यानसर लगाएतका समस्याको सर्जरी जानकारी दिने बताइएको छ ।

डा. लिम्बुले विगत १९ बर्ष देखि नेपालका बिभन्न दुर्गम क्षेत्रहरुमा आँँखा उपचार सेवा प्रदान गर्दै आएका छन् । अन्तराष्ट्रिय जगतमा पनि पहिले देखि सेवा र योगदान प्रदान गर्दै आइरहेको पाइन्छ । उहाँले यस अघि नै पपुवा न्युगिनी, इन्डोनेशिया र इथियोपियामा समेत आँँखा उपचार तालिम तथा शिविर सञ्चालन गरी सकेको जानकारी दिए ।

शिविरको आयोजना र्र्सिजकल आइ एक्पिडिसन, लोमा लिण्डा युनिर्भिसटी र हिमालयन क्याटाराक्ट प्रोजेक्टको सहयोगमा शेरा लियोनको स्वास्थ्य मन्त्रालय स्थानिय सहयोग र संम्योनयनमा भरहेको हो । डा. बेन लिम्बुको नेतृत्वमा अमेरीकाका डा. जैफ इङ, डा. जोयल स्यान्डी, डा.एन्ड्रु, डा. क्रिस्टिना र नेपालबाट सर्जरी एसिस्टेण्ट रीना लिम्बु सम्मेलित टोलीले आँँखा उपचार प्रदान गरिरहेको जानकारी डा. लिम्बुले दिए।
© 2026 All right reserved to arthanepal.com | Site By : Sobij