२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

सुनको मूल्य यो वर्षकै उच्च

सुनको मूल्य यो वर्षकै उच्च

3K
Shares

काठमाडौं- मंगलबार सुनको मूल्य यो वर्षकै उच्च बिन्दुमा पुगेको छ । सोमबार स्थिर रहेको सुनको मूल्य मंगलबार तोलामा एक हजार २०० रुपैयाँले बढेर प्रतितोला ९६ हजार ७ सय रुपैयाँ पुगेको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ ।

यसअघि गतवर्ष फागुन ३ गते नै सुनको मूल्य आजकै बराबर थियो । आज तेजावी सुनको मूल्य तोलामा ९६ हजार २ सय रुपैयाँ कायम भएको छ । सोमबार प्रतितोला ९५ हजार ५ सयमा छापावल र ९५ हजार रुपैयाँमा तेजावी सुनको मूल्य स्थिर थियो ।

यस्तै चाँदीको मूल्य प्रतितोला १३ सय २० रुपैयाँ कायम भएको जुन सोमबारको तुलनामा २० रुपैयाँले बढी हो । अन्तराष्ट्रिय बजारकै कारण सुनको मूल्यले पुनः उचाई लिएको नेपाल सुन चाँदी व्यवसायी महासंघको भनाई छ ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij