काठमाडौं – नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले अमेरिकाको मिलेनीअम च्यालेन्ज कर्पोरेशन (एमसीसी) संसदमा छलफल हुनुपर्ने बताएका छन । सभामुखले एमसीसी संसदमा प्रस्तुत गर्न रोक्न नहुने उनको भनाई छ ।
एक टेलिभिजन कार्यक्रममा प्रचण्डले संसदमा एमसीसी मतदान भए माओवादीले विपक्षमा मतदान गर्ने प्रष्ट पारे । प्रचण्डले एमसीसीको विपक्षमा मतदान गर्दा सरकारवाट वाहिरिने बताए । एमसीसी विरुद्ध मतदान गर्नु पर्नु पर्ने अवस्था आए गठवन्धन टुट्ने कुरा प्रचण्डले स्वीकार गरे ।
एमससीका सन्दर्भमा अमेरिकी सहायक विदेश मन्त्रीले अनावश्यक दवाव दिएको प्रचण्डले बताए । प्रचण्डले अमेरिकाले चीनको दवावमा एमसीसी विरुद्ध लागेको भनेर दवाव दिएको बताए । उनले अमेरिकासंग पनि राम्रो सम्बन्ध चाहेको बताए ।तर उनले अमेरिकाले धेरै गरुङ्गो शब्द प्रयोग गरेको टिप्पणी गरे ।
चीनको शान्त कुटनीति रहेको भन्दै चीनको कुनै दवाव नरहेको दावी गरे ।
© 2026 All right reserved to arthanepal.com | Site By : Sobij