२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

आइएमई मोटर्सले ल्यायो ‘गुरुजी बाट साहुजी’ बनाउने योजना

आइएमई मोटर्सले ल्यायो ‘गुरुजी बाट साहुजी’ बनाउने योजना

2.4K
Shares

काठमाडौं – नेपालका लागि अशोक लेलैण्ड कमर्सियल भेहिकल्सको आधिकारिक बिक्रेता आइएमई मोटर्सले ‘आइएमई स्वरोजगारी अभियान’ सुरु गरेको छ। गुरुजी (सवारी चालक)हरुलाई साहुजी (सवारी धनी) बनाउने उद्देश्यका साथ कम्पनीले यो अभियान सुरु गरेको बताएको छ।
यस योजनाअन्तर्गत अशोक लेलैण्डका जुनसुकै लाइट कमर्शियल भेहिकल (दोस्त) सिरिजका सवारी साधन बिनाधितो ८० प्रतिशतसम्म फाइनान्स सुविधामा खरिद गर्न सकिनेछ। यी सवारी खरिद गर्ने ग्राहकले तीन महिनासम्म मासिक किस्ता तिर्नु नपर्ने उल्लेख गरिएको छ। साथै ग्राहकहरुले आकर्षक ब्याजदरको लाभ पाउनेछन्।
यो योजना आफ्नै व्यवसाय सुरु गर्ने चाहना बोकेका महत्वाकांक्षी चालकहरुप्रति लक्षित गरिएको छ। यो योजनाले वैदेशिक रोजगारबाट फर्केर स्वदेशमै स्वरोजगारमूलक काम गर्न चाहनेलाई सहज हुने विश्वास लिइएको छ। त्यसैगरी, रोजगारी गुमाएर आफ्नै व्यवसाय सुरु गर्न खोजिरहेका र व्यवसाय विस्तार गर्ने योजनामा रहेका उद्यमी पनि लाभान्वित हुन सक्छन्।

नेपालभर यसका २० भन्दा बढी आधिकारिक वर्कसपहरु छन्। पार्टपुर्जाहरु पनि सजिलै पाइने कम्पनीले बताएको छ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij