२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

टोखामा राप्रपाको संगठन विस्तार तिब्र, उपाध्यायको अध्यक्षतामा टोखा ४ वडा समिति गठन

टोखामा राप्रपाको संगठन विस्तार तिब्र, उपाध्यायको अध्यक्षतामा टोखा ४ वडा समिति गठन

2.6K
Shares

काठमाडौं काठमाडौं टोखा – ४ मा राप्रपाको विभिन्न संगठन गठन भएको छ । केन्द्रीय महामन्त्री डा.धवल शम्शेर राणाको प्रमुख आतिथ्यतामा भएको भेलाले राम प्रसाद उपाध्यायको अध्यक्षतामा १५ सदस्यिय वडा समिति गठन गरेको छ । त्यसैगरी सिद्धार्थ बस्नेतको अध्यक्षतामा १५ सदस्यिय राष्ट्रिय प्रजातान्त्रिक युवक संघको वडा समिति गठन भएको छ ।
साथै रोशनि श्रेष्ठको अध्यक्षतामा ११ सदस्यीय राष्ट्रिय प्रजातान्त्रिक महिला संघको वडा समिति गठन भएको छ । उक्त भेलाले बिमला थापाको अध्यक्षतामा ५ सदस्यीय वडा जेष्ठ नागरिक समिति गठन गरेको छ । उक्त भेलामा विभिन्न राजनीतिक दल तथा अन्य एक दर्जन भन्दा बढि व्यक्ति राप्रपा प्रवेश गरेका छन् । पार्टी प्रवेश गर्ने सबैलाई महामन्त्री राणाले स्वागत गरेका थिए ।

उक्त भेलालाई सम्बोधन गर्दै महामन्त्री राणाले स्थानिय चुनावलाई मध्यनजर गर्दै सङ्गठन बिस्तार तथा जनतासँग भिज्न निर्देशन दिए । युवा नेता सुर्दशन थापाको सक्रियतामा टोखामा राप्रपाको संगठन विस्तार तिब्र भएको छ । स्थानीय तहको निर्वाचन नजिकिदै गर्दा राप्रपाले पनि आफ्नो संगठन विस्तारमा लागेको हो ।
उक्त कार्यक्रममा पूर्व केन्द्रीय सदस्य सुरज पाण्डे, कृष्णबहादुर राउत, ५ नं क्षेत्रीय अध्यक्ष श्री नविन खड्का, नगर अध्यक्ष योगेन्द्र पाण्डे लगायतका नेताहरुको उपस्थिती रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij