काठमाडौं – फागुन १ गतेदेखि बाणिज्य बैंकहरुले स्वेच्छिक रुपमा ब्याजदर तोक्न पाउने भएका छन्। यसअघि ब्याजदर तोक्नुअघि बैंकर्स सँघले ब्याजदर कति तोक्ने भन्ने सहमति गर्दै आएकोमा फागुनदेखि भने अब बैंकहरुलाई नै स्वेच्छिक रुपमा ब्याजदर बढाउन अथवा घटाउन छुट दिएको छ। फागुन १ गतेदेखि ब्याजदर सीमाबाट १ प्रतिशत विन्दुले बढाएको हो ।
वाणिज्य बैंकहरुले ब्याजदर बढाउदा पनि निक्षेप नबढेको भन्दै गत महिना ब्याजदर स्थिर राखेका थिए। तर प्रणालीमा लगातार तरलता दबाव बढ्दै जाँदा बैंकहरुले ब्याजदर बढाउने तयारी गरेका हुन। संघको शुक्रबार बसेको बैठकले फागुनका लागि बैंकहरुले फागुनदेखि लागू हुने ब्याजदर सार्वजनिक गर्ने छ ।
मुद्दती निक्षेप खातामा व्यक्तिगतका लागि बढीमा ११.०३ प्रतिशत र संस्थागतमा त्यसको एक प्रतिशत कम १०.०३ प्रतिशत हुने छ । त्यस्तै, अधिकतम ब्याजको सीमा संघले फागुनका लागि तय गरेको छ। यसअघि व्यक्तिगत मुद्दती निक्षेपको ब्याजदर १०.०३ प्रतिशत थियो । फागुनदेखि धेरै बैंकहरु मुद्दतीको ब्याज ११ प्रतिशतभन्दा माथि पुर्याउने तयारीमा छन्।
© 2026 All right reserved to arthanepal.com | Site By : Sobij