२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

सांग्रिला डेभलपमेन्ट बैंकको नयाँ शाखा सल्यानको सल्लीमा

सांग्रिला डेभलपमेन्ट बैंकको नयाँ शाखा सल्यानको सल्लीमा

2.5K
Shares

काठमाडौं– सांग्रिला डेभलपमेन्ट बैंकले सल्यानको सल्ली बजारमा नयाँ शाखा संचालनमा ल्याएको छ । ग्रामीण साथै शहरी क्षेत्रमा समेत आफ्नो उपस्थितिलाई थप दरिलो बनाउने क्रमसँगै सल्ली बजारमा शाखा संचालनमा ल्याएको बैंकले जनाएको छ । सल्ली बजार शाखा कार्यालय संचालनमा आए सँगै सो क्षेत्रका सर्वसाधारणलाई सहज बैंकिङ्ग सुविधा पुग्ने विश्वास बैंकले लिएको छ ।

योसँगै सांग्रिला बैंकको कुल शाखा संख्या १०७ पुगेको छ । बैंकले आफ्ना ग्राहकहरुलाई विभिन्न प्रकारका बैंकिङ्ग सुविधाहरु दिंदै आएको छ । यस शाखाको सञ्चालनबाट यस क्षेत्रका ग्राहकलाई अझ सरल र सहज तरिकाले बैंकिङ सेवा प्राप्त हुने बैंकले विश्वास लिएको छ ।

बैंकले हरेक सम्भावित क्षेत्रमा आफ्ना ग्राहकलाई सेवा उपलब्ध गराउने अभिप्रायले अन्य विभिन्न स्थानहरुमा चाँडै नै थप शाखा कार्यालय संचालन गर्ने योजना बनाएको बैंकले बनाएको छ ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij