काठमाडौं -एनआरएन इन्फ्रास्ट्रक्चर एण्ड डेभलपमेन्ट लिमिटेडले चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ। विवरण अनुसार कम्पनीको नाफा गत आर्थिक वर्षको सोही अवधिको तुलनामा बढेको छ।
चालु आर्थिक वर्षको पुस मसान्तसम्ममा कम्पनीले १ करोड ५८ लाख १८ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको छ। यो गत आर्थिक वर्षको सोही अवधिको तुलनामा ४१.४६ प्रतिशत बढी हो। गत आर्थिक वर्षको सोही अवधिसम्ममा कम्पनीले १ करोड ११ लाख ८२ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको थियो। वित्तीय आम्दानी बढेसँगै कम्पनीको खुद नाफा बढ्न पुगेको हो।
समीक्षा अवधिमा कम्पनीको कुल आम्दानी ३२.३१ प्रतिशत बढेको छ। त्यसैगरी, कम्पनीको कुल खर्च १०८.५९ प्रतिशत बढेको छ भने सञ्चालन मुनाफा २३.८० प्रतिशत बढेको छ। नाफा बढेसँगै कम्पनीको प्रतिशेयर आम्दानी पनि सामान्य बढेको छ। समीक्षा अवधिमा कम्पनीको यस्तो आम्दानी १ रुपैयाँ ९७ पैसाबाट ६१ पैसा बढेर २ रुपैयाँ ५९ पैसा पुगेको छ। पुस मसान्तसम्ममा कम्पनीको मूल्य आम्दानी अनुपात २५०.५५ गुणा रहेको छ भने प्रतिशेयर नेटवर्थ १०३ रुपैयाँ ५१ पैसा रहेको छ।
समीक्षा अवधिमा कम्पनीको चुक्ता पूँजी ७.९९ प्रतिशत बढेको छ भने रिटेन्ड अर्निङ्ग ३८.९७ प्रतिशत बढेको छ।
© 2026 All right reserved to arthanepal.com | Site By : Sobij