२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

नेप्से दोहोरो अङ्कले घट्यो

नेप्से दोहोरो अङ्कले घट्यो

1.8K
Shares

काठमाडौं – साताको अन्तिम दिन बिहीबार पनि सेयर बजारमा दोहोरो अंकको गिरावट आएको छ । आज नेप्से ११.९६ अंकले घटेर दुई हजार ८ सय १ दशमलब ५६ विन्दुमा झरेको हो । बुधबार नेप्से २२.११ अंकले घटेर दुई हजार ८ सय १३ दशमलब ४७ विन्दुमा झरेको थियो ।

त्यस्तै, आज कारोबार रकममा भने सामान्य वृद्धि भएको छ । आज ३ अर्ब ८२ करोड ९५ लाख बराबरको कारोबार भएको छ । बुधबार ३ अर्ब ४७ करोड ११ लाख बराबरको कारोबार भएको थियो ।

नेप्सेका अनुसार आज कारोबार भएका कम्पनीहरु मध्ये नबिल इक्युटि फण्डको शेयरमूल्य भने बढेको छ । त्यस्तै, मिथिला लघुवित्त वित्तीय संस्थाको शेयरमूल्यमा सर्वाधिक गिरावट आएको छ । यसको शेयरमूल्य ४ प्रतिशतले घटेको छ । कारोबारको आधारमा आज सबैभन्दा बढी नेपाल दुरसञ्चार कम्पनीको भएको छ । यस कम्पनीको आज २५ करोड ४८ लाख भन्दा बढीको कारोबार भएको छ ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij