२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

ग्लोबल आइएमई लघुवित्तको व्यवस्थापन सम्मेलन सम्पन्न

ग्लोबल आइएमई लघुवित्तको व्यवस्थापन सम्मेलन सम्पन्न

1.3K
Shares

काठमाडौं – ग्लोबल आइएमई लघुवित्तले व्यवस्थापन सम्मेलन सम्पन्न गरेको छ । पोखरामा माघ २२ र २३ गते सञ्चालन भएको उक्त कार्यक्रमलाई वित्तीय संस्थाका प्रमुख कार्यकारी अधिकृत हरिकृष्ण जोशीले उद्धघाटन गरेका थिए ।

कार्यक्रममा स्टेशन प्रमुखहरुले आ.व २०७८/०७९ को अर्धवार्षिक समीक्षा गर्दै कार्य विस्तारका क्रममा भोगेका समस्या, चुनौती र भावी रणनीतिहरु प्रस्तुत गर्दै स्टेशनको लक्ष्य अनुसारको प्रगति हासिल गर्ने प्रतिबद्धता जनाएका थिए ।

कार्यक्रम समापनका क्रममा वित्तीय संस्थाका प्रमुख कार्यकारी अधिकृतले लक्ष्य पुरा गर्ने उत्कृष्ट स्टेशन प्रमुखहरुलाई प्रशंसा पत्र प्रदान गर्दै, वित्तीय संस्थाले हाल भोग्नुपरेका समस्या साथै लघुवित्तको चुनौती तथा अवसरहरुको बारेमा जानकारी गराए । त्यस्तै, उनले वित्तीय संस्थाको चालु त्रैमासको लक्ष्य प्राप्तीका रणनीति सँगै सफलताको शुभकामना दिए ।

कार्यसञ्चालन विभाग प्रमुख सुदिप आचार्यले सञ्चालन गरेको उक्त कार्यक्रममा वित्तीय संस्थाका नायब प्रमुख कार्यकारी अधिकृत, विभागीय प्रमुखहरु लगायत १५ जना स्टेशन प्रमुखहरुको सहभागीता रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij