२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

दिल बिश्वकर्माको प्रणय दिवसको कोसेली ‘तिम्रै लागि’ ( भिडियोसहित )

दिल बिश्वकर्माको प्रणय दिवसको कोसेली ‘तिम्रै लागि’ ( भिडियोसहित )

2.2K
Shares

काठमाडौं – करिव १ महिना अघि ‘माया यस्तो होस्’ बोलको म्युजिक भिडियो सार्वजनिक गरेका युवा गायक दिल बिश्वकर्माले आफ्नो बिल्कुलै
नयाँ सांगीतिक सौगात ‘तिम्रै लागि’ सार्वजनिक गरेका छन्। गायक बिश्वकर्माले प्रणय दिवसको अवसर पारेर यो म्युजिक भिडियो सार्वजनिक गरेका हुन्।

यस गीतमा गायक दिल बिश्वकर्माको स्वर, शब्द र संगीत समावेश छ। गीतमा सुदिप सागरको संगीत संयोजन रहेको छ। प्रेमिल जोडी बीचको प्रेम र आकर्षणलाई प्रस्तुत गरिएको भिडियोमा स्वयम् गायक बिश्वकर्मा र बिना राउत फिचर्ड छन्।

नवराज उप्रेतीले छायाँकन गरेको यस भिडियोलाई दिपेन बस्नेतले सम्पादन गरेका हुन्। सुबोल थापाको निर्देशनमा भिडियो तयार पारिएको हो। गायक बिश्वकर्माको च्यानल ‘दिल बिश्वकर्मा अफिसिएल’ मार्फत भिडियो सार्वजनिक भएको हो।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij