२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

सेयर बजार दोहोरो अंकले बढ्यो

सेयर बजार दोहोरो अंकले बढ्यो

2.2K
Shares

काठमाडौं – साताको पहिलो दिन आइतबार ४० अंकले घटेको शेयर बजार सोमबार भने दोहोरो अंकको सुधार देखिएको छ । सोमबार शेयर कारोबार मापक नेप्से परिसूचक १५ दशमलव ६९ अंकले बढेर २ हजार ८ सय ५१ दशमलव ८६ अंकमा पुगेको छ ।

नेप्से परिसूचकसँगै ‘क’ वर्गका कम्पनीहरुको कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक पनि ३‍.०५ अंकले बढेको छ । नेप्से र सेन्सेटिभ परिसूचक दुबै सुधारिए पनि कारोबार रकममा भने उत्साह देखिएन । दिनभर भएका ६६ हजार ११३ कारोबारबाट २२४ कम्पनीका ९५ लाख १२ हजार ५ सय ८० कित्ता शेयर किनबेच भएका छन् । जसअनुसार कारोबार रकम ५ अर्ब २ करोड २० लाख १७ लाख १८१ रुपैयाँमा सीमित भएको छ ।

सोमबार कारोबारमा आएका १३ उपसमूहमध्ये ३ उपसमूहको परिसूचक घटेको छ भने बाँकी ९ उपसमूहको परिसूचक बढेको छ । यस दिन लगानी उपसमूहको परिसूचक ३.०६ प्रतिशत बढेको छ भने अन्य उपसमूहको परिसूचक पनि २.२९ प्रतिशत बढेको छ ।
बैंकिङ्ग उपसमुहको परिसूचक सर्वाधिक ०.२१ प्रतिशतले घटेको छ । यस्तै होटल तथा पर्यटन उपसमुहको परिसूचक ०.१४ प्रतिशत र माइक्रोफाइनान्स उपसमुहको परिसूचक ०.०८ प्रतिशतले घटेको छ ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij