२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

सिटिजन्स बैंकको ‘सिटिजन हल सेन्टर’ सेवा सुरुवात

सिटिजन्स बैंकको ‘सिटिजन हल सेन्टर’ सेवा सुरुवात

2.3K
Shares

काठमाडौं – सिटिजन्स बैंकले डिजिटल बैंकिङ्गको बढ्दो आवश्यकतालाई मध्यनजर कल सेन्टर सेवा शुरु गरेको छ । आइतबारदेखि संचालन आएको बैंकका ग्राहकहरुले बैंकका ग्राहक सेवा प्रतिनिधिहरुसँग सम्पर्क गरी आफ्ना बैंकिङ्ग सम्बन्धी जिज्ञासा तथा समस्याहरु राख्न सक्ने बैंकले जनाएको छ ।

कल सेन्टरका लागि बैंकले ०१–५९७००६८ नम्बरको टेलिफोन उपलब्ध गराएको छ । भने support@ctznbank.com मा ईमेल गरी कल सेन्टरको सुबिधा प्राप्त गर्न सकिने बैंकले जनाएको छ । कल सेन्टरको प्रयोगले ग्राहकहरुलाई सहज ढंगले बैंकिङ्ख सेवा र सूचनाप्राप्तगर्न सहयोग पुग्ने छ । हालका लागी यो सेवा आठ घण्टाको लागी आरम्भ गरिएको बैंकले जनाएको छ । देशभरी रहनुभएका १३ लाखभन्दा बढी ग्राहकहरुलाई यो सेवाको आरम्भ भएसगै बैकसंग थपनजिकहुन सहजहुने विश्वास बैंकले लिएको छ ।

सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले देशैभरी फैलिएका आफ्ना १७४ वटा शाखा, १२३ वटा एटिएम र ९० वटा शाखा रहित बैंकिङ्ग ईकाईहरुबाट करिव १३ लाख ग्राहकवर्गलाई आधुनिक बैंकिङ्ग सेवाहरु प्रदानगर्दै आएको छ ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij