२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

नेपाल टेलिकमको वार्षिकोत्सवको अवसरमा दिनभर भीओएलटीई कल निःशुल्क

नेपाल टेलिकमको वार्षिकोत्सवको अवसरमा दिनभर भीओएलटीई कल निःशुल्क

2.2K
Shares

काठमाडौं – नेपाल टेलिकमले आज (शनिबार) आफ्नो १८औं वार्षिकोत्स्व मनाउँदै छ। यस अवसरमा कम्पनीले २४ सैं घण्टा भोएलटीई कल फ्री को अफर ल्याएको छ। एक दिनका लागि मात्र लागू हुने यो अफर प्रयोग गर्दा कुनै चार्ज नलाग्ने कम्पनीले जनाएको छ । यो सेवा एक्टिभेट गर्न आफ्नो मोबाइलबाट *४४४# डायल गर्नुपर्ने कम्पनीले जनाएको छ। साथै सेवा प्रयोग गर्न सिम र मोबाइल सेट दुवैले भीओएलटीई सपोर्ट गर्ने हुनुपर्छ ।

निःशुल्क कल सुविधा नेपाल टेलिकमको नेटवर्कभित्र गर्ने कलमा मात्र लागू हुने जनाइएको छ । साथै कम्पनीले वार्षिकोत्सवलाई लक्षित गरी नयाँ डेटा प्याक अफर पनि ल्याएको छ। जसमा ‘एनटी एनिभर्सरी अफर’ को रुपमा ल्याइएको यस योजना अन्तर्गत ग्राहकले २९४ रुपैयाँमा २० जीबी डेटा प्राप्त गर्ने भएका छन् । यो डेटा १० दिनसम्म प्रयोग गर्न सकिने छ ।

त्यस्तै ६ जीबी डेटा ९८ रुपैयाँमा खरिद गर्न सकिने भएको छ । जुन तीन दिनसम्म प्रयोग गर्न सकिने छ । यसका साथै हरेक दिन ६९ रुपैयाँमा १ एमबीपीएस गतिको अनलिमिटेड डेटा प्रयोग गर्न सकिने छ। टेलिकमका अनुसार यो योजना मंगलबारदेखि सुरु भएर आउँदो फागुन ३ गतेसम्म मात्रै कायम रहने छ । ग्राहकले यो प्याक *१४१५*११# डायल गरी अथवा नेपाल टेलिकमको मोबाइल एप ‘एनटी एप’ मार्फत पनि खरिद गर्न सकिने जनाइएको छ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij