काठमाडौं – त्रिभुवन विश्वविद्यालयले कोरोनाका कारण स्थगित गरेका विभिन्न संकायका परीक्षाहरू फागुन १ गतेदेखि सुरू गर्ने भएको छ। त्रिवि परीक्षा नियन्त्रण कार्यालय बल्खुले आज सूचना निकालेर परीक्षाको तालिका प्रकाशित गरेको छ।
विज्ञान तथा प्रविधि अध्ययन संस्थानतर्फ चार वर्षे वीएस्सी चौथो वर्षको नियमित तथा आंशिक परीक्षा पनि फागुन १ देखि हुनेछन्। साथै वार्षिक परीक्षा प्रणालीअनुसार ३ वर्षे एलएलवी तेस्रो वर्ष नियमित परीक्षा पनि फागुन १ देखि सुरू हुने परीक्षा नियन्त्रण कार्यालयले जनाएको छ।
विभिन्न संकायका परीक्षा तालिका र परीक्षा केन्द्रहरू कार्यालयले वेबसाइटमै राखेको छ। कोरोना भाइरस संक्रमित बढेसँगै त्रिविले माघ मसान्तसम्म परीक्षा तथा कक्षा सञ्चालन गरेको थिएन। माघ ११ देखि अनलाइनबाट कक्षा सञ्चालन गरिएका थिए।
© 2026 All right reserved to arthanepal.com | Site By : Sobij