काठमाडौं – नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा साताको कारोबारको दोस्रो दिन सोमबार दोहोरो अंकको गिरावट आएको छ । आज नेप्से १४.४८ अंकले घटेर दुई हजार ८ सय ७१ दशमलब ५ विन्दुमा रोकिएको हो । आइतबार नेप्से १०५.५५ अंकले बढेर दुई हजार ८ सय ८५ दशमलब ५३ विन्दुमा पुगेको थियो ।
त्यस्तै, आज कारोबार रकममा पनि गिरावट आएको छ । आज ५ अर्ब १५ करोड ४७ लाख बराबरको कारोबार भएको छ । आइतबार नेप्सेमा ६ अर्ब ३२ करोड ४२ लाख बराबरको कारोबार भएको थियो ।
सोमबार बजार १४.४८ अंकले घटेर परिसूचक २८७१.०५ बिन्दुमा रोकिएको छ । यो दिन आइतबारको तुलनामा कारोबार रकम पनि घटेको छ । २२५ कम्पनीको १ करोड १ लाख ५ हजार ६६९ कित्ता सेयर ५ अर्ब १५ करोड ४१ लाख ७७ हजार ५९८ रुपैयाँको सेयर किनबेच भएको छ ।
कारोबारमा अधिकांश समूहको उपसूचकमा गिरावट देखिएको छ । बैंकिङ १९.५२, विकास बैंक ११०.१५, फाइनान्स ४३.१७, जलविद्युत २३.०६, जीवन बीमा २२१.३२, निर्जीबन बीमा १७८.७६ अंकले घटेको छ ।
बजारमा दोहोरो अंकको गिरावट आएपनि ३ वटा कम्पनीको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ । सकारात्मक सर्किट लाग्ने कम्पनीमा फरवार्ड माइक्रोफाइनान्स, वन नेपाल लघुवित्त वित्तीय संस्था र बुद्धभुमी नेपाल हाईड्रोपावर कम्पनी रहेको छ ।
© 2026 All right reserved to arthanepal.com | Site By : Sobij