२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

नेप्सेमा ३८.३५ अंकको गिरावट, कारोबार रकम पनि घट्यो

नेप्सेमा ३८.३५ अंकको गिरावट, कारोबार रकम पनि घट्यो

810
Shares

काठमाडौं – नेपाल स्टक एक्सचेञ्ज (नेप्से) आज बुधबार उच्च अंकले घटेको छ । आज नेप्से ३८.३५ अंकले घटेर दुई हजार ८ सय ९८ दशमलब ३१ विन्दुमा रोकिएको हो । मंगलबार नेप्से १०.७८ अंकले घटेर दुई हजार ९ सय ३६ दशमलब ६६ विन्दुमा थामिएको थियो ।

त्यस्तै, आज कारोबार रकममा पनि घटेको छ । आज ६ अर्ब २ करोड १३ लाख बराबरको कारोबार भएको छ । मंगलबार ८ अर्ब ४४ करोड ३४ लाख बराबरको कारोबार भएको थियो ।

नेप्सेका अनुसार शेयरमूल्यमा उच्च वृद्धि हुने कम्पनीहरुमा बुद्धभुमी नेपाल हाइड्रोपावर नेपाल कम्पनी र सामलिङ पावर कम्पनी रहेको छ । आज सामलिङ पावर कम्पनीको शेयरमूल्य ९.९६ प्रतिशतले बढेर प्रतिकित्ता ७१४ रुपैयाँ पुगेको छ भन बुद्धभुमी नेपाल हाइड्रोपावर शेयरमूल्य आज ९.९७ प्रतिशतले बढेर प्रतिकित्ता २८७.८० रुपैयाँ पुगेको छ ।

त्यस्तै, आज घलेम्दी हाइड्रो, कालिका लघुवित्त वित्तीय संस्था र ग्लोबल आइएमई समुन्नतको शेयरमूल्यमा सर्वाधिक गिरावट आएको छ । यस कम्पनीको शेयरमूल्य ४ प्रतिशत भन्दा बढीले घटेको छ ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij